चौबिस घण्टामा थप २०२ जनामा कोरोना संक्रमण, ४६२ जना डिस्चार्ज

काठमाडौँ, १२ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप २ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप ४ सय ६२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ३ हजार ८ सय ३३ नमुना परीक्षण गर्दा २ सय २ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ८०, ललितपुरमा २० र भक्तपुरमा २ जना गरी उपत्यकामा १ सय २ जना संक्रमित थपिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय १३ रहेको छ । त्यसैगरी आइसीयूमा ४४ जना र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेका छन् । आज थप १ जना संक्रमितको मृत्यु भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *