मिर्गौला, क्यान्सर र मेरुदण्डका पक्षघात भएका बिरामीलाई उपचार खर्च दिने योजनामा काठमाडौँ महानगर
उपचार खर्च पाउनका लागि मापदण्डमा पर्ने बिरामीले वडा कार्यालयमा गएर निवेदन दिनु पर्ने
काठमाडौँ, ९ भदौ । काठमाडौँ महानगरपालिकाले मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराईरहेका, उपचारमा रहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरुलाई औषधि उपचार बापत मासिक ५ हजार रुपैयाँ खर्च उपलव्ध गराउने भएको छ ।
महानगरले गत ३१ साउनको निर्णय अनुसार तोकिएका रोगका बिरामीहरुलाई उपचार खर्च उपलव्ध गराउन लागिएको जनाएको छ ।
महानगरको स्वास्थ्य विभागले मिर्गौला प्रत्यारोपण गरेका डायलासिस गराईरहेका , उपचारमा रहेका क्यान्सर रोग र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि उपचार बापत खर्च उपलव्ध गराउने सम्वन्धी कार्यविधि २०७८ कार्यान्वयन गर्ने निर्णय भएको भन्दै त्यस्ता बिरामी भएका नगरबासीसंग निवेदन आव्हान गरेको छ ।
महानगरले यो सुविधा लिनका लागि तोकिएको रोग लागेका तर सरकारबाट अन्य कुनै प्रकारको सेवा सुविधा तथा सामाजिक सुरक्षा भत्ता नलिएका बिरामीहरु मात्रै योग्य हुने स्पष्ट पारेको छ ।
महानगरले सुविधा लिनका लागि आ आफ्नो वडा कार्यालयमा निवेदन दिन भनेको छ ।
हेर्नुहोस सूचना :
सम्पर्क इमेल : [email protected]