स्वास्थ्यका प्रमुख विशेषज्ञहरु अब अतिरिक्त स्वास्थ्य सचिव
काठमाडौँ, २६ साउन । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ (अधिकृत बाह्रौँंं तह)हरुलाई अतिरिक्त स्वास्थ्य सचिव बनाएको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रमुख विशेषज्ञहरुलाई अतिरिक्त स्वास्थ्य सचिव बनाउने निर्णय गरेको हो ।
स्वास्थ्यमा अधिकृत बा्रहौँ तहका अहिले चार जना रहेका छन् । त्यसमा डा दीपेन्द्ररमण सिंह, डा श्यामसुन्दर यादव, डा गुणराज लोहनी र डा संगिता मिश्र रहेका छन् ।
स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले बिहीबारको बैठकले प्रमुख विशेषज्ञलाई अतिरिक्त स्वास्थ्य सचिवमा परिवर्तन गरेको पुष्टि गरे ।
मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव बनाउन गत २२ साउनमा मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो । सो प्रस्तावमा नाम अतिरिक्त स्वास्थ्य सचिव राखिएपनि कामकाज भने प्रमुख विशेषज्ञकै हुने बताइएको छ ।
सम्पर्क इमेल : [email protected]