बीपी प्रतिष्ठान धरानको रजिष्ट्रारमा सूर्य संग्रौला, निर्देशकमा जगत प्रसाद नियुक्त
काठमाडौँ, १५ साउन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त भएका छन्।
प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले संग्रौलालाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् ।
प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले संग्रौलालाई रजिष्ट्रारमा नियुक्त गर्न दबाब दिएको बताइएको छ । संग्रौला नेपाली कांग्रेसकी सांसद डा डिला संग्रौलाका श्रीमान हुन्।
यसैगरी, प्रतिष्ठानको अस्पताल निर्देशकमा डा जगत प्रसाद नियुक्त भएका छन्। यसअघि उनी अस्पतालका सहायक निर्देशक थिए। उनी एनेस्थेसियाका चिकित्सक हुन् ।
यस्तै, प्रतिष्ठान सिनेट सदस्यमा डा ज्ञानेन्द्र मल्ल र डा स्मृती कार्की सदस्य थपिएका छन् ।
सम्पर्क इमेल : [email protected]