आफ्ना मन्त्री परिवर्तन गर्दै नेकपा एस, हट्ने भए स्वास्थ्य मन्त्री खतिवडा र राज्यमन्त्री खापुङ
सबै मन्त्री फिर्ता बोलाउने सचिवालय बैठकको निर्णय
काठमाडौँ, २२ जेठ । पार्टीको सचिवालय बैठकले निर्णय गरेपछि नेकपा एकीकृत समाजबादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका बिरोध खतिवडा र राज्यमन्त्री भवानीप्रसाद खापुङ पनि जिम्मेवारी मुक्त हुने भएका छन् ।
आइतबार बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
एकीकृत समाजवादीका नेता झलनाथ खनालले आइतवार बसेको सचिवालयको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भएको जानकारी दिएका हुन्।
‘मन्त्री परिवर्तन गर्ने निर्णय भएको छ । २४ घण्टाभित्र पुराना फिर्ता आउने र नयाँ साथीहरु सरकारमा जानु हुन्छ’ खनालले भने ।
पार्टीका उप महासचिव गंगालाल तुलाधारले यस विषयमा अन्तिम निर्णय गर्ने जिम्मा शीर्ष नेताहरुलाई दिएको बताएका छन् । ‘पार्टीको तर्फबाट मन्त्री हुनु भएको हो । पार्टीले आवश्यकता ठानुन्जेलसम्म उहाँहरु मन्त्री हुनुहुन्छ’ तुलाधारले भने, ‘त्यसलाई स्वभाविक रुपमा लिनुपर्छ ।’
नेकपा एकीकृत समाजवादीका तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले,शहरी विकासमन्त्री रामकुमारी झाक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ छन्।
यस्तै स्वास्थ्य राज्यमन्त्रीको रुपमा भवानीप्रसाद खापुङ रहेका छन् ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




