काठमाडौँ महानगरको मेयरमा प्रेमसागर कर्माचार्यको पनि उम्मेद्धारी

काठमाडौं, १७ बैशाख । नेपालमा सबैभन्दा धेरै पटक रक्तदान गर्ने सतक रक्तदाता एवं सामाजिक अभियन्ता प्रेमसागर कर्माचार्य काठमाडाँै महानगरपालिकाको मेयर पदमा उम्मेद्धारी दिएका छन् । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उनले नेपाल उन्नत पार्टीको तर्फबाट महानगरको मेयर पदमा उम्मेद्धारी दिएका हुन् ।
‘सामाजिक अभियानमा त लागेकै थिएँ । तर देशमा जगडिएर रहेको भ्रष्टाचार, वेतिथिलाई मलाई सधैभर चिमोटिरहयो । त्यसैले अब भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न मैले महानगरको मेयर पदमा उम्मेद्धारी दिएको हुँ,’ उनले भने ।
५७ वर्षीय कर्माचार्य नेपाल स्वंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष हुन्।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]