काठमाडौँ महानगरको मेयरमा प्रेमसागर कर्माचार्यको पनि उम्मेद्धारी

काठमाडौं, १७ बैशाख । नेपालमा सबैभन्दा धेरै पटक रक्तदान गर्ने सतक रक्तदाता एवं सामाजिक अभियन्ता प्रेमसागर कर्माचार्य काठमाडाँै महानगरपालिकाको मेयर पदमा उम्मेद्धारी दिएका छन् । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उनले नेपाल उन्नत पार्टीको तर्फबाट महानगरको मेयर पदमा उम्मेद्धारी दिएका हुन् ।
‘सामाजिक अभियानमा त लागेकै थिएँ । तर देशमा जगडिएर रहेको भ्रष्टाचार, वेतिथिलाई मलाई सधैभर चिमोटिरहयो । त्यसैले अब भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न मैले महानगरको मेयर पदमा उम्मेद्धारी दिएको हुँ,’ उनले भने ।
५७ वर्षीय कर्माचार्य नेपाल स्वंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष हुन्।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




