थपिए १५ जना कोरोना संक्रमित, ३२ जना निको भए
काठमाडौँ, ८ वैशाख । पछिल्लो चौबिस घण्टामा देशभर थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ३२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार २ हजार ८३ सय पीसीआर नमुना परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १ हजार ४६४ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३ जनाको कोरोना संक्रमण पुष्टि हो ।
त्यसैगरी आइसीयूमा शून्य र भेन्टीलेटरमा शून्य संक्रमित रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २९८ रहेको छ । आज पनि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]