थपिए १२ जना कोरोना संक्रमित, ३६ जना निको भए

120
Shares

काठमाडौँ, ४ बैशाख । पछिल्लो चौबिस घण्टामा देशभर थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ३६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सनिबार जारी गरेको बिबरण अनुसार २ हजार ७५० पीसीआर नमुना परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ७३९ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १ जनाको कोरोना संक्रमण पुष्टि हो ।

त्यसैगरी १९ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य रहेको छ । आइसीयूमा ९ र भेन्टीलेटरमा १ संक्रमित उपचाररत रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३७५ रहेको छ । आज पनि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *