चौबिस घण्टामा थप १२ जनामा कोरोना संक्रमण, ८९ जना डिस्चार्ज
काठमाडौँ, २५ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ८९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको बिबरण अनुसार २ हजार ७२८ पीसीआर नमुना परीक्षण गर्दा ११ जना र १ हजार ६२१ जनको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १ जना गरी कुल ४३४९ जनाको नमुना परीक्षण गर्दा १२ जनााको रिपोर्ट पोजेटिभ आएको हो ।
त्यसैगरी आइसीयूमा ११ र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ६६९ रहेको मन्त्रालयले जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]