चीनमा एकैदिन ५ हजारभन्दा बढीमा कोरोना पुष्टि, ११ सहरमा लकडाउन

688
Shares

काठमाडौँ, १ चैत । चीनमा एकैदिन थप ५ हजारभन्दा बढीमा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार त्यहाँ ५ हजार २८० जनामा संक्रमण पुष्टि भएको हो।

सबैभन्दा धेरै संक्रमित जिलिन प्रान्तमा देखिएको छ। जिलिनमा मात्रै तीन हजार बढी संक्रमित थपिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

चीनमा कोरोना संक्रमण दोब्बर बढ्न थालेपछि कम्तीमा पनि ११ सहर र काउन्टीमा लकडाउन गरिएको छ।

छ दिनयता चीनमा दैनिक एक हजार बढी संक्रमित थपिरहेको जनाएको छ। चीनमा पछिल्लो समयमा संक्रमित भेटिन थालेपछि यहाँको सरकारले कोरोनाबाट निको भएका नागरिकहरुमा पनि पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ ।

त्यहाँका सबैजसो नागरिकालाई कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकहरुको निरन्तर परीक्षण गरिरहेको बताइएको छ ।

एजेन्सी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *