चौबिस घण्टामा थप ६८ जनामा कोरोना संक्रमण, ५३८ संक्रमणमुक्त
काठमाडौँ, २२ फागुन । पछिल्लो चौबिस घण्टामा देशभर थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ५३८ सय जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । आज कोरोना संक्रमणबाट थप २ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार पीसीआर र एन्टीजेन बिधिबाट ४ हजार ९२९ जनाको नमुना परीक्षण भएकोमा ६८ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।
त्यसैगरी हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४६१ सय रहेको छ । आइसीयूमा ४७ र भेन्टीलेटरमा ९ जना संक्रमित उपचाररत रहेका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]