चौबिस घण्टामा थप ९१ जनामा कोरोना संक्रमण, मृतकको संख्या शून्य

100
Shares

काठमाडौँ, २१ फागुन । पछिल्लो चौबिस घण्टामा देशभर थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ३६१ सय जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको बिबरण अनुसार पीसीआर र एन्टीजेन बिधिबाट ६ हजार २२० जनाको नमुना परीक्षण भएकोमा ९१ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी  हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९४७ सय रहेको छ । आइसीयूमा ५३ र भेन्टीलेटरमा ११ जना संक्रमित उपचाररत रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *