चौबिस घण्टामा थप १२६ जनामा कोरोना संक्रमण, ३८५ जना संक्रमणमुक्त
काठमाडौँ, २० फागुन । पछिल्लो चौबिस घण्टामा देशभर थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ३८५ सय जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार पीसीआर र एन्टीजेन बिधिबाट ८ हजार ९३३ जनाको नमुना परीक्षण भएकोमा १२६ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।
त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २५, ललितपुरमा ६ र भक्तपुरमा ४ जना गरी काठमाडौँ उपत्यकामा ३५ जना थपिएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २४२ सय रहेको छ । आइसीयूमा ५४ र भेन्टीलेटरमा १० जना संक्रमित उपचाररत रहेका छन् । त्यसैगरी आज कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]