चौबिस घण्टामा थप १०५ जनामा कोरोना संक्रमण, ३२० जना संक्रमणमुक्त

120
Shares

काठमाडौँ, १९ फागुन । पछिल्लो चौबिस घण्टामा देशभर थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ३२० सय जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार पीसीआर र एन्टीजेन बिधिबाट ४ हजार ९२४ जनाको नमुना परीक्षण भएकोमा १०५ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१७ सय रहेको छ । आइसीयूमा ६१ र भेन्टीलेटरमा ९ जना संक्रमित उपचाररत रहेका छन् । त्यसैगरी आज कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *