चौबिस घण्टामा थप १२७ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौँ, १८ फागुन । पछिल्लो चौबिस घण्टामा देशभर थप १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ३२१ सय जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको बिबरण अनुसार पीसीआर र एन्टीजेन बिधिबाट ६ हजार ८७४ जनाको नमुना परीक्षण भएकोमा १२७ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ७७० सय रहेको छ । आइसीयूमा ६८ र भेन्टीलेटरमा १० जना संक्रमित उपचाररत रहेका छन् । त्यसैगरी आज कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *