स्वयंसेवी रक्तदाता समाज १३ नं वडा नगर समिति गठन
काठमाडौँ, ८ फागुन । नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका १३ वडा नगर समिति गठन भएको छ । महानगरको कालिमाटी क्षेत्रमा पर्ने १३ नं वडामा शनिबार भएको एक भेलाले स्वयंसेवी रक्तदाता निरु महर्जनको अध्यक्षतामा नगर समिति गठन गरिएको हो ।
नवगठित नगर समितिको उपाध्यक्षमा प्रशान्त डंगोल, सचिवमा विलजा महर्जन र कोषाध्यक्ष सुजिन डंगोल रहेका छन् । सदस्यहरूमा सुसेन महर्जन, रोमन नेपाली, कृति डंगोल रहेका छन् । समितिको कानूनी सल्लाहकारको रुपमा राम शरण डंगोल, सीता क्षेत्री खड्का, रिवेश महर्जन रहेका छन् ।
नवगठित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले खादा पहराई बधाई तथा शुभकामना दिएका थिए ।
सो अवसरमा उनले स्वयंसेवी रक्तदाताहरूको हकहित र रक्तदान कार्यक्रम आयोजक संघसंस्थाहरूबीच आपसी समन्वय कायम गर्दै पीडित पक्षलाई उपचारका क्रममा आवश्यक रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूको उपलब्धतामा सहजता मिल्न सकोस् भन्ने उद्देश्यले स्वयंसेवी रक्तदाताहरू संगठित हुने सिलसिला चलिरहेको बताए ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

