यसवर्षको ‘राधा क्यान्सर सचेतना पत्रकारिता पुरस्कार’ पत्रकार ज्योति अधिकारीलाई

260
Shares

काठमाडौँ, ७ फागुन । यसबर्षको  “राधा क्यान्सर सचेतना तथा हिंसाबिरुद्धको पत्रकारिता पुरस्कार” पत्रकार ज्योति अधिकारीलाई प्रदान गरिने भएको छ । स्वर्गीय पत्रकार राधा बस्यालको स्मृतिमा स्थापना गरिएको सो पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ ।

राधा क्यान्सर सचेतना फाउन्डेशनको शनिबार सम्पन्न बैठकले चितवनकी पत्रकार अधिकारीलाई पुरस्कार दिने निर्णय हो । पत्रकार अधिकारी नेपाल समय डटकममा आवद्ध छिन् ।

पुरस्कार वितरण कार्यक्रम फागुन ९ गते सोमबार बिहान ११ बजे कावासोती २ राधाचोकस्थित बस्याल निवासमा गण्डकी प्रदेश विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा हुने भएको फाउण्डेसनका अध्यक्ष प्रकाश बस्यालले जानकारी दिए ।

फाउण्डेसनले स्व. राधा बस्यालको जन्मजयन्तीमा हरेक वर्ष हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार उत्कृष्ठमध्ये एक जना पत्रकारलाई प्रदान गर्दै आइरहेको छ ।

विस २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो ।

एक दशक भन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी राधाले वैवाहिक जीवनपछि व्यक्तिगतरुपमा घरेलु हिंसा र क्यान्सरसँग लड्दै आएकी थिइन ।

समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सन्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर गाउँ गाउँमा सचेतना अभियानसमेत चलाएकी थिइन ।

राधाको निधनपश्चात फाउन्डेसनलाई उनका भाइ पत्रकार प्रकाश बस्यालले निरन्तरता दिइरहेका छन् ।

गत वर्षको राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार बर्दीयाकी समृद्धा केसीलाई प्रदान गरिएको थियो । उनी त्यसबेला महिला स्वास्थ्य डटकममा आवद्ध थिईन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *