भारतीय सीमासँग जोडिएको बाँकेको गाउँमै कोरोनाविरुद्धको खोप

राँझा, १ फागुन । भारतीय सीमासँग जोडिएको बाँकेको राप्तीपारिका बासिन्दालाई गाउँमै पुगेर कोरोना भाइरसविरुद्धको खोप सेवा उपलब्ध गराइएको छ।

राप्ती सोनारी गाउँपालिका–४ अन्तर्गत पर्ने भारतीय सीमा क्षेत्रमा रहेका गुर्दनगौडी, महेशपुर, खयरभट्टी, बासखोली र चुनभट्टीलगायत गाउँका १०९ लाई कोरोनाविरुद्धको खोप दिइएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक सुरेश शर्माले जानकारी दिए।

उनका अनुसार राप्ती सोनारी–४ स्थित सामुदायिक स्वास्थ्य एकाइ गुर्दनगौडीमा पुगेर सीमा क्षेत्रका वासिन्दालाई खोप सेवा प्रदान गरिएको हो।

सो क्रममा ३० जनाको एन्टिजेन परीक्षण गरिएकामा दुई जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्थानीयवासीलाई सामान्य खालका औषधि निःशुल्क वितरण गरिएको थियो। कोरोनाविरुद्धको खोप लगाउन केही विद्यार्थी र स्थानीय बासिन्दा पनि छुटेकाले अर्को हप्ता पुनः उक्त सेवा दिइने उनले जानकारी दिए।

भारतसँग सीमा जोडिएका पहाडी इलाकामा छरिएको वस्ती भएकाले नयाँगाउँमा असुरक्षा र असुविधा रहेको राप्तीसोनारी –४ का वडाध्यक्ष कान्छा थारूले जानकारी दिए।

उनले नयाँगाउँका वडा नं १ र कतिपय नरैनापुर गाउँपालिकाका समेत बासिन्दा रहेको उल्लेख गर्दै सबै वडा नं ४ का नागरिक नभएको जानकारी दिए।

बाँकेको अतिविकट मानिने नयाँगाउँ क्षेत्रमा झोरहवा, बाँसखोली, चुनभट्टी, खयरभट्टी, कुण्टेपानी, चिउरीहवा, गुदनगौडी, मुरकट्टा (महेशपुर) र आमवासालगायतका गाउँ छन्। त्यहाँको पछिल्लो तथ्याङ्कानुसार १७० घरधुरीको बसोबास छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *