नक्कली मृत्यु प्रमाणपत्र बोकेर हिड्ने चिनियाँ नागरिक टेकु अस्पताल परिसरबाट पक्राउ

80
Shares

काठमाडौं, २७ माघ । नक्कली मृत्यु प्रमाणपत्र (डेथ सर्टिफिकेट) सम्वन्धी लिखत किर्ते गरेको कसुरमा काठमाडौंबाट एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरीको टाृेलीले गत मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट ई जो ओ ५०९२७७ पासपोर्ट नम्बर भएका चिनियाँ नागरिक वाङयाङलाई पक्राउ गरेको हो ।

प्रहरीले ती चिनियाँले नक्कली डेथ सर्टिफिकेट बोकेर हिडिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गर्न सफल भएको बताएको छ ।

प्रहरीले उनले बोकेको झोलाबाट नक्कली डेथ सर्टिफिकेट र पशुपति आर्यघाट सेवा केन्द्रको नाममा जारी कागजपत्र बरामद गरेको छ। प्रहरीका अनुसार ती चिनियाँले ग्रीन सिटी अस्पतालको नामबाट जारी भएको नक्कली डेथ सर्टिफिकेट बोकेका थिए।

पक्राउ परेका वाङविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २७६ को उपदफा (१) ‘किर्ते गर्न नहुने कसूर’मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ।

वाङविरुद्ध अनुसन्धानका लागि काठमाण्डौ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति प्राप्त भइ महानगरीय प्रहरी बृत्त कालीमाटीबाट थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *