कोरोना अपडेट : १७१४ जना थपिए, ४७७१ जना निको भए

100
Shares

काठमाडौं, २२ माघ । देशमा पछिल्लो चौबिस घण्टामा १ हजार ७१४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यहि अवधिमा ४ हजार ७७१ जना निको भएका छन् ।

मन्त्रालयले कोरोना संक्रमणका कारण चौबिस घण्टा भित्र ९ जनाको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआरमा ५ हजार २२५ जना र एन्टीजेनमा ३ हजार २८८ जना गरी कुल ८ हजार ५१३ जनाको कोभिड १९ परीक्षण गरिएको थियो । त्यसैमध्येबाट नयाँ संक्रमित थपिएका हुन् ।

यो संगै देशमा सक्रिय संक्रमितको संख्या ५२ हजार ७८० पुगेको छ ।

मन्त्रालयले यहि अवधीमा ५ लाख ८८ हजार ४४० जनाले कोभिडविरुद्धको खोप लगाएको समेत उल्लेख गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *