१६ औँ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस मनाइयो

28
Shares

काठमाडौँ, १६ माघ । ‘रगत र रक्ततत्वहरू आवश्यकतानुसार उपलब्ध हुन जति जरुरी छ, त्यो भन्दा बढी यसको यथोचित व्यवस्थापन गर्न अति आवश्यक छ,’ भन्ने मूल नाराका साथ नेपाल स्वयंसेवी रक्तदाता समाजले शनिबार १६ औँ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस मनाएको छ । बागबजारको हार्दिक होटलमा एक विशेष कार्यक्रम गरी दिवस मनाइएको हो ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि सञ्चारकर्मी तथा गायिका कमला श्रेष्ठ थिईन ।

यसैगरी उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा बिभागकी निर्देशक डा. मनिता राजकर्णिकार,थालिसिमिया सोसाइटीका अध्यक्ष दुर्गा प्रसाद पाठक, संगीत शाखा रेडियो नेपालका प्रमुख मनराजा नकर्मी,समाजका सल्लाहकार दिव्यमणि दीक्षित र माता भद्रकाली लगायतको उपस्थिति थियो ।

 

आफ्नो दुई हात र एउटा खुट्टा गमाएकी गायिका श्रेष्ठले कार्यक्रमका सभापति एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यद्वारा लेखिएको शब्दको गीत गाएर १६ औँ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको समुद्घाटान गरेकी थिईन ।

त्यसो त समाजले शनिबार औपचारिक कार्यक्रम शुरू हुनु पूर्व रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा जम्मा ३४ जनाले रक्तदान गरेका थिए । कार्यक्रमको अवसरमा उनीहरुलाई प्रशंशा पत्रद्धारा सम्मान गरिएको थियो ।

कार्यक्रमकै अवसरमा प्रमुख अतिथि,अतिथि, आमन्त्रित पाहुना र सभापति लगायतले एकसाथ ‘हाम्रो रगत’ नामक पत्रिकाको सामुहिक लोकार्पण गरेका थिए ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका आजीवन सदस्य रमेश प्रसाद पाण्डेद्वारा स्वागत गरेको कार्यक्रमको सञ्चालन डा। घनश्याम खतिवडाले गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *