खोप अभियान सम्लग्न सबैलाई धन्यवाद : मन्त्री खतिवडा
काठमाडौँ, १४ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोभिडविरुद्धको खोप अभियानमा सम्लग्न स्वास्थ्यकर्मी र साथ दिने सरोकारवालालाई धन्यवाद दिएका छन् ।
खोप अभियान सुरु भएको एक वर्ष पुगेको अवसरमा आज एक विज्ञप्ती जारी गर्दै उनले सबै सरोकारवालाई धन्यवाद दिएका हुन् ।
मन्त्री खतिवडाले खोपकै कारण दोस्रो र तेस्रो लहरमा हुनसक्ने निकै ठूलो जोखिमलाई कम गर्न सकिएको दावी गर्दै चालु अभियानलाई थप प्रभावकारी ढंगले अघि बढाउन सबैको साथ रहेको बताए ।
नेपालमा पछिल्लो एक वर्षमा ४ करोड २० लाख ४९ हजार ६४० डोज खोप आएको छ । त्यसमध्ये ३ करोड ६ लाख ४ हजार १५२ डोज प्रयोग भइसकेको छ ।
मन्त्री खतिवडाका अनुसार १८ वर्ष माथिका लक्षित जनसंख्याको ७० प्रतिशतले पूर्णमात्रा र ८३ प्रतिशतले कम्तीमा पहिलो मात्रा लगाएका छन् ।
अहिले १२ देखि १७ वर्ष उमेरका १८ लाख ७२ हजार ६७० जना बालबालिकाले पहिलो मात्रा र ३ लाख ५८ हजार २९८ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् । यस्तै अग्रपक्तिमा रहेर काम गर्ने झण्डै तीन लाख बढीले अतिरिक्त मात्रा समेत पाइसकेका छन् ।
नेपालमा अहिलेसम्म कोभिडविरुद्ध खोपको रुपमा कोभिसिल्ड, भेरोसेल, अस्ट्राजेनेका, जानसन, मोडर्ना, फाइजर खोपहरु प्रयोगमा आएका छन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

