डा. बाबुराम भट्टराईलाई कोभिड -१९ को संक्रमण

104
Shares

काठमाडौँ, १२ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई कोरोना संक्रमणमा परेका छन् । उनले आज आफूलाई पुन: कोभिड – १९को संक्रमण देखिएको सामाजिक सञ्जाल ‘ट्वीटर’बाट जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘सतर्कताका बाबजुत मलाई कोभिड -१९ले पुन संक्रमण गरेको छ । पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । लक्षण सामान्य छ । केही समय यता निकट सम्पर्कमा आउनुभएकाहरु सतर्क रहनुहोला । केही दिन आइसोलेसनमा रहनेछु । असुविधाका निम्ति क्षमाप्रार्थी छु ।’

नेपालमा ओमिक्रोनको संक्रमण बढ्दै जाँदा मुख्य राजनीतिक दलका नेताहरु समेत यसको संत्रमणमा परेका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत संक्रमणमा परिसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *