चौबिस घण्टामा थप २११ जनामा कोरोना संक्रमण, ३२९ जना संक्रमणमुक्त
काठमाडौँ, २३ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर २११ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ३२९ जना संक्रमणमुक्त भएका छन् । आज थप २ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ८ हजार १८ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा १९७ र १ हजार ४३३ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा १४ जनाको गरी कुल ९ हजार ४५१ परीक्षण गर्दा २११ जनाको पोजेटिभ आएको हो ।
त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ६४, भक्तपुरमा ८र ललितपुरमा २८ जना गरी उपत्यकामा १ सय जना थपिएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १०५ रहेका छन् । आइसीयूमा १२१ जना भेन्टीलेटरमा ३० जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी आज थप ३ लाख ३७ हजार १७२ जनाले कोरोना खोप लागाएका छन् ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com