सवारी दुर्घटनामा परी २७ वर्षीय डा निखिल पञ्जियारको मृत्यु

काठमाडौँ, ३ मंसिर । सवारी दुर्घटनामा परी २७ वर्षीय डाक्टर निखिल पञ्जियारको मृत्यु भएको छ। बिहीबार राती विराटनगरमा भएको दुर्घटनामा डा पन्जियारको मृत्यु भएको हो।

अर्का एक जना चिकित्सक २८ वर्षीय रामप्रताप साह भने घाइते भएका छन् । बिहीबार राति साढे ११ बजेतिर मिनी ट्रकले डा पन्जियारको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

जनकपुर घर भएका डा पञ्जियार मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत मेडिकल अफिसर रहेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *