रक्तचाप बढेपछि प्रचण्ड मेडिसिटी अस्पतालमा भर्ना

काठमाडौँ, २७ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् । उच्चरक्तचापको समस्या बढेपछि उनी शनिबार दिउसो भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् ।

यद्धपी उनको अवस्था अहिले सामान्यउन्मुख भएको छोरी गंगा दाहालले बताएकी छन् । गंगाले प्रचण्ड केही समय आराम गरी आजै डिस्चार्ज हुने समेत जानकारी दिईन ।

कर्णाली र पूर्वी पहाडी जिल्ला भोजपुरका विभिन्न कार्यक्रमहरुमा सक्रिय रहेका प्रचण्डलाई धपेडीका रक्तचाप बढेको हुनसक्ने परिवारले बताएको छ । अहिले केही आराम होस भनेर भर्ना गरिएको छ ।

केही घण्टाको आरामपछि चिकित्सकको सल्लाह अनुसार डिस्चार्ज गर्ने योजना छ । दाहालले भनिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *