बुधबार थप ३६५ जनामा कोरोना संक्रमण, ६०९ जना संक्रमणमुक्त
काठमाडौँ, २७ असोज। पछिल्लो चौबिस घण्टामा देशभर ३६५ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ६०९ जना संक्रमणमुक्त भएका छन् । आज थप ४ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको बिबरण अनुसार ३ हजार ६७१ जनाको पीसीआर बिधीबाट र १ हजार ९२३ जनाको एन्टीजेन बिधिबाट गरी कुल ५ हजार ५९४ जनाको नमुना परीक्षण भएको छ ।
जसमा पीसीआर बाट ३२६ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३९ जना गरी आज कुल ३६५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २६७ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ३१५ र भेन्टीलेटरमा १०७ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]