बीपी प्रतिष्ठानका आन्दोलनरत पक्षलाई आठ बुँदे अपिल जारी गर्दै स्वास्थ्यले भन्यो, ‘काममा फर्किनु’

काठमाडौँ, २७ भदौ । केही माग पुरा भएको र केही हुने क्रममा रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षलाई नियमित काममा फर्कन अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले केही बेर अघि विज्ञप्ती जारी गर्दै आन्दोलन स्थगित गर्दै काममा फर्कन अनुरोध गरेका हुन् ।

प्रतिष्ठानका स्वास्थ्यकर्मी तथा कर्मचारीले पूर्व सम्झौँता अनुसार आफ्ना माग पुरा नभएको भन्दै गत २० भदौ देखि आन्दोलन गर्दै आएका छन् । उनीहरुले इमरजेन्सी, कोभिड र पूर्व निर्धारित परीक्षा बाहेक सबै सेवा अवरुद्ध गरेका छन् ।

मन्त्रालयका प्रवक्ता डा पौडेलले जारी गरेको विज्ञप्तीमा बुधागत रुपमा आन्दोलनकारीका मागको अवस्थाका बारेमा उल्लेख छ ।

‘पदाधिकारी कारवाही प्रक्रिया अघि बढेको छ, पदाधिकारी नियुक्तीको मापदण्ड तयार हुने क्रममा छ । भ्रष्टाचारको विषय अख्तियारको छानवीनको क्रममा छ । रजिष्टारको राजिनामा स्वीकृत भईसकेको छ, उपकुलपतिको प्राध्यापक पद नभएको पुष्टि भएकोले कानून अनुसार थप प्रक्रिया अघि बढाईसकेको छ,’ उनले विज्ञप्तीमा भनेका छन्, ‘कोभिड महामारीको यो अवस्थालाई विचार गर्दै काममा फर्किनुहोला ।’

हेर्नुहोस विज्ञप्ती

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *