चीनबाट आज पनि आठ लाख डोज भेरोसेल खोप आउँदै

240
Shares

काठमाडौँ १० साउन । सरकारले चीनबाट खरीद गरेको ४० लाख डोज भेरोसेल खोपको चौथो खेप आज आईपुग्दैछ । खोप बोकेको नेपाल एयरलायन्सको वाइडबडी विमान केही बेर अघि बेइजिङबाट काठमाडौँका लागि उडी सकेको छ । सो विमान दिउसो २ : ५ बजे काठमाडौँ अवतरण गर्ने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।

गत महिना सरकारले चीनको सिनोफार्म कम्पनीसंग ४० लाख डोज भेरोसेल खोप खरीद गर्ने सम्झौँता गरेको थियो । त्यसयता आजको सहित ८ – ८ लाखको दरले चारपटक खोप आएको छ । ‘आजको समेत गर्दा ३२ लाख बढी खोप आउने भयो । तर अझै एक खेप बाँकी हुने भयो । यो पनि छिटै ल्याउँदैछौँ,’ विभाग स्रोतले भन्यो ।

यसअघि बुधबार र विहीबार खोप १६ लाख खोप आएको थियो । सो खोप प्रदेश तहमा विरण गरिएको बताइएको छ ।

आज आउने खोप पनि उपत्यका सहित प्रदेशहरुमा वितरण गरिने सरकारको योजना छ ।

सरकारले अब खोपका लागि अनलाइन नाम दर्ता गरेकाहरुलाई खोप उपलव्ध गराउने नीति लिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *