पछिल्लो २४ घण्टामा देशभर थपिए ४०९ जना कोरोना संक्रमित, ४९५ जना संक्रमणमुक्त

काठमाडौँ, २२ पुस । पछिल्लो चौविस घण्टामा देशभर थप ४ सय ९ जनामा कोरोना भाइरस (कोभिड(१९)संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप ४ सय ९५ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ६ हजार ७०६ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ४ सय ९ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १३३ रहेको छ । क्वारेनटिनमा ३४२ जना रहेका छन् ।

त्यसैगरी १९७ जना आइसीयूमा र ३० जना भेन्टीलेटरमा उपचाररत छन् ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मेत्यु हुनेको संख्या १ हजार ८९९ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *