कोरोना संक्रमणबाट थप २९ जनाको मृत्यु, मृतकको संख्या १५ सय नाघ्यो

काठमाडौँ, १५ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर थप २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप २९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ८ पुगेको छ ।
पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ४ सय ७४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप १ हाजर ९ सय ३१ जना कोरोनामुक्त भएका छन् ।
त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा ३७५ र भेन्टीलेटरमा ५८ जना संक्रमित उपचाररत छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (mailto:nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (mailto:nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



