कोरोना संक्रमणबाट थप २९ जनाको मृत्यु, मृतकको संख्या १५ सय नाघ्यो

काठमाडौँ, १५ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर थप २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप २९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ८ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ४ सय ७४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप १ हाजर ९ सय ३१ जना कोरोनामुक्त भएका छन् ।

त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा ३७५ र भेन्टीलेटरमा ५८ जना संक्रमित उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *