काठमाडौँ उपत्यकामा थप १३३८ जनामा कोरोना संक्रमण

120
Shares


काठमाडौँ, २१ कात्तिक । बितेको चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ३३८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार थपिएकामा ५७० जना महिला र ७६८ जना पुरुष रहेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ३० जना, भक्तपुरमा १२१ जना र ललितपुरमा १८७ जना गरी उपत्यकामा कुल १ हजार ३३८ जना कोरोना संक्रमित थपिएका हुन् ।

यो संख्या आज देशभर थपिएको कुल संख्याको ४६ प्रतिशत हो । आज देशभर २ हजार ९०९ जनामा कोरोना संक्रमण देखिएको थियो ।

आजै डिस्चार्ज हुनेको संख्या ४ हजार ५ सय रहेको छ । कोरोनाबाट पछिल्लो चौविस घण्टामा थप १८ जनाको मृत्यु भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *