काठमाडौँ उपत्यकामा थप १८७८ जनामा कोरोना संक्रमण

20
Shares

काठमाडौँ, १९ कात्तिक । काठमाडौँ उपत्यकामा बुधबार थप १ हजार ८७८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

उनका अनुसार काठमाडौँमा १ हजार ५७० जना, भक्तपुरमा ११९ जना र ललितपुररमा १८९ जनामा कोरोना देखिएको हो । आज देशभर ३ हजार ३०९ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो चौविस घण्टामा १३ हजार १४४ जनाको पीसीआर परीक्षण गरिएको समेत मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *