पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरोना संक्रमण, ३१५० जना संक्रमणमुक्त
काठमाडौँ, १७ कात्तिक । पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ९ सय ३३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १३ हजार ४ सय ४६जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ हजार ९ सय ३३जनाको पोजेटिभ आएको हो ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५ सय २४ रहेको छ ।
त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप ३ हजार १ सय ५० जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ पुगेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]