पछिल्लो २४ घण्टामा थप ३५१७ जनामा कोरोना संक्रमण, ४०९६ जना डिस्चार्ज

216
Shares

काठमाडौँ, १४ कात्तिक । पछिल्लो चौविस घण्टामा देशभर थप ३ हजार ५ सय १७ जनामा कोरोना भाइरस देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १४ हजार ९ सय ८९ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ३ हजार ५ सय १७ जनाको पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ५७ रहेको छ ।

त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप ४ हजार ९६ जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ पुगेको छ ।

त्यसैगरी क्वारेनटिनमा २ हजार ६ सय ६६ जना छन् । आइसोलेसनमा ३८ हजार ३ सय ५७ जना रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *