बुधबार काठमाडौँ उपत्यकामा थप १४०३ जनामा कोरोना संक्रमण

340
Shares

काठमाडौँ, २८ असोज । काठमाडौँ उपत्यकामा आज थप १ हजार ४०३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ९९६ जना, भक्तपुरमा १०२ जना र ३०५ जना गरी कुल १ हजार ४०३ जनामा कोरोना संक्रमण थपिएको बताए ।

पछिल्लो चौविस घण्टामा १३ हजार ९४७ जनाको पीसीआर परीक्षण गरिएको थियो । यहि अवधीमा देशभर २ हजार ६३८ जना संक्रमित थपिएको डा गौतमले सुनाए ।

उपत्यकामा आज देखिएको संक्रमण कुल संक्रमणको ५३ प्रतिशत रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *