बुधबार काठमाडौँ उपत्यकामा थप १४०३ जनामा कोरोना संक्रमण
काठमाडौँ, २८ असोज । काठमाडौँ उपत्यकामा आज थप १ हजार ४०३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ९९६ जना, भक्तपुरमा १०२ जना र ३०५ जना गरी कुल १ हजार ४०३ जनामा कोरोना संक्रमण थपिएको बताए ।
पछिल्लो चौविस घण्टामा १३ हजार ९४७ जनाको पीसीआर परीक्षण गरिएको थियो । यहि अवधीमा देशभर २ हजार ६३८ जना संक्रमित थपिएको डा गौतमले सुनाए ।
उपत्यकामा आज देखिएको संक्रमण कुल संक्रमणको ५३ प्रतिशत रहेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]