पछिल्लो २४ घण्टामा देशभर थपिए २२५३ जना कोरोना संक्रमित, १३२९ जना डिस्चार्ज

काठमाडौँ, १८असोज । पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १२ हजार ७ सय ८४ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा २ हजार २ सय ५३ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ रहेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप १ हाजार ३२९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ६४ हजार ६९ पुगेको छ ।

देशभरका क्वारेनटिनमा ४ हजार २ सय ३ जना रहेका छन् । होम आइसोलेसनमा ११ हजार ८ सय ९३ रहेका छन् । संस्थागत आइसोलेसनमा १० हजार ३सय २६ छन् । त्यसैगरी देशभरका अस्पतालका आइसीयूमा २२६ जना र भेन्टीलेटरमा ३४ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *