कोरोनाबाट मृत्यु भएका डा. सापकोटालाई शहीद घोषणा र परिवारलाई एक करोड राहत उपलव्ध गराउन माग

2.6k
Shares

काठमाडौँ, १६ असोज । सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले कोरोना संक्रमणबाट विहीबार निधन भएका चिकित्सक हरिप्रसाद सापकोटालाई शहीद घोषणा गर्न माग गरेको छ । उसले स्वर्गीय डा सापकोटाको परिवारलाई तत्कालका लागि एक करोड रुपैयाँ उपलव्ध गराउन समेत भनेको छ ।

शुक्रबार विहान गोदानका अध्यक्ष डा रविन खड्का र महासचिव कीर्तिपाल सुवेदीले जारी गरेको विज्ञप्तीमा अनशनरत डा गोविन्द केसीको माग समेत तत्काल सम्वोधन गर्न सरकारसंग माग गरेको छ । उसले अब उप्रान्त डा केसी अनसन बस्नै नपर्ने बाताबरण मिलाउन समेत आग्रह गरेको छ ।

विज्ञप्तीमा एउटा डाक्टरको मृत्यु, अर्को डाक्टर अनसनमा तर सरकार भने आफ्नै धुनमा लागेको भन्दे कटाक्ष गरिएको छ ।

‘सरकारले लकडाउनलाई समाधान मानि विभिन्न राजनीतिक नियुक्ती गर्न, दिवस मनाउन, पदक बाढ्न, तथा समय समयमा कोभिड भत्ता दिने केवल बाचा गर्न मात्र उद्धत देखिएको छ,’ विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा महामारीविरुद्ध खटिएका स्वास्थ्यकर्मीको लागि गुणस्तरीय स्वास्थ्य सामग्री उपलव्ध गराउने, जोखिम भत्ता सहजै उपलव्ध गराउने, लोकसेवालाई थप जनशक्तिको पदपूर्तिको व्यवस्था मिलाउन, न्युन आए भएका व्यक्ति तथा परिवारलाई विशेष आर्थिक प्याकेजको घोषणा गर्न समेत आग्रह गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *