नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु

15.1k
Shares

काठमाडौँ, १५ असोज । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट नेपालमा एक जना डाक्टरको निधन भएको छ । प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत ५८ बर्षीय अर्थोपेडिक सर्जन (एघारौँ तहका) डाक्टर हरि सापकोटाको निधन भएको हो ।

कोरोना संक्रमणपछि भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बरिष्ठ अर्थोपेडिक सर्जन डा हरि सापकोटालाई हामीले गुमायौँ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा रविन खड्काले भने ।

गत ३० भदौमा कोभिड १९ संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य स्वाश्वास प्रश्वासमा समस्या देखिएपछि डसापकोटालाई नेपालगञ्जको भेरी अस्पतालमा २ असोजमा रिफर गरिएको थियो ।

‘बुधबार सम्म स्वास्थ्य अवस्था ठिकै थियो तर आज विहान एक्कासी स्वास्थ्य अवस्था विग्रियो । भेन्टिलेटरमा त राखियो तर बचाउन सकिएन,’ डा खड्काले अगाडी थपे ,’अघि दिउसो साढे तीन बजे उहाँको निधन भयो।’

डा सापकोटा मधुमेहका विरामी समेत थिए ।

उनलाई आजै भारतको म्याक्स अस्पताल लैजाने तयारी थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *