काठमाडौँ उपत्यकामा थप ९४३ जनामा कोरोना संक्रमण

काठमाडौँ, १५ असोज । काठमाडौँ उपत्यकामा थप ९४३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा काठमाडौँमा ८१७ जना, भक्तपुरमा ५८ जना र ललितपुरमा ६८ जनामा कोरोना संक्रमण देखिएको हो ।उपत्यकाको यो संख्या अहिलेसम्मकै धेरै हो ।
आज देशभर १ हजार ९ सय ११ जनामा संक्रमण देखिएको छ । यस्तै पछिल्लो चौविस घण्टामा ९ सय ६१ जना कोरोना मुक्त भएका छन् ।
यसैगरी आज कोरोनाबाट मृत्यु हुनेको संख्या ११ रहेको मन्त्रालयले जनाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



