कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका २७ जना स्वास्थ्यकर्मीमा एकै पटक देखियो कोरोना संक्रमण

3.7k
Shares

जुम्ला १५ असोज । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत २७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । बुधबार अस्पतालका ५२ जना स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा आधा भन्दा बढी अर्थात २७ जना (५१.९२ प्रतिशत)मा कोरोना संक्रमण देखिएको हो ।

यस्तै बुधबार नै गरिएको परीक्षणमा भर्ना भएका पाँच जना बिरामीमा पनि कोराना संक्रमण देखिएको छ ।

ठूलो संख्यामा एकैपटक स्वास्थ्यकर्मी र बिरामी संक्रमित भएपछि प्रतिष्ठानले अस्पतालको आकस्मिक बाहेकका सम्पूर्ण सेवा अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरेको छ ।

अस्पतालका निमित्त निर्देशक डा अनुप मंगल समालले संक्रमितहरु डाक्टर, नर्स र प्यारामेडिक्स रहेको बताए । उनले सर्जरी, अर्थो र एनेस्थेसिया विभागमा कार्यरत स्टाफहरु बढी संक्रमित भएको जानकारी दिए ।

‘अस्तिसम्म कोरोना संक्रमित विरामी पनि थिएनन्, स्टाफलाई पनि केही भएको थिएन । तर परीक्षण गरिएकामा आधा भन्दा बढीमा संक्रमण देखियो । यसले अवस्था डरलाग्दो देखायो । त्यसैले हामीले सुरक्षाका लागि आकस्मिक बाहेकका सबै सेवा अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरेका हौँ,’ डा समालले भने ।

उनले अब पाँच दिन पछि अस्पतालका बाँकी स्टाफ र बिरामीको पीसीआर जाँच गर्ने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *