भेरी अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमित महिलाको मृत्यु

नेपालगञ्ज, १४ असोज । बाँकेमा कोरोना सङ्क्रणका कारण आज थप एक जनाको ज्यान गएको छ । जिल्ला कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रले नेपालगन्ज उपमहानगरपालिका—१ की ३५ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेको छ ।
श्वासप्रश्वासमा समस्या भएपछि ती महिला यही असोज २ गते भेरी अस्पतालमा भर्ना भएकी थिइन् । उनको त्यसै दिन कोरोना परीक्षणका लागि स्वाव सङ्कलन गरिएको थियो ।
त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएपछि उनलाई कोभिड आइसोलेसन वार्डमा सारिएको थियो । उनको उपचारकै क्रममा आज दिउँसो मृत्यु भएको केन्द्रले जनाएको छ । योसँगै बाँकेमा कोरानाबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



