मेडिकल कलेजहरुलाई मन्त्रालयले भन्यो, ‘पीसीआर परीक्षण नगरी परीक्षामा सहभागी गराउनु’

648
Shares

काठमाडौँ, ११ असोज ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यार्थीलाई पीसीआर जाँच पछि मात्रै परीक्षामा बस्न दिने निजी मेडिकल कलेजको निर्णय अवैज्ञानिक भएको बताएको छ । उसले उक्त निर्णय कार्यान्वयन नगर्न नगराउन समेत सम्वन्धित मेडिकल कलेजलाई निर्देशन समेत दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले लक्षण नदेखिएका कुनै पनि विद्यार्थीलाई पीसीआर परीक्षण गर्नु कुनै पनि कोणबाट वैज्ञानिक नभएको भन्दै कोभिड विरुद्धको अभियानमा समेत यसले खलल पु¥याउने बताए ।

उनले भने, ‘विभिन्न पेसा, व्यवसायमा संलग्न कोही पनि व्यक्ति, फ्रन्ट लाइनमा काम गर्ने व्यक्तिमा लक्षण देखिएका, कन्ट्याक्ट टे्रसिङमा परेका र आइसियुमा भर्ना भएका व्यक्तिहरुको मात्र पिसिआर गर्नुपर्ने दायरा सरकारले निर्धारित गरेको छ। त्यसबाहेकका व्यक्तिको जााँच गराउनु पूणर्तः अवैधानिक छ।’

लुम्विनी मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, विराट मेडिकल कलेज, काठमाडौँ मेडिकल कलेज लगायतले विद्यार्थीहरुलाई पीसीआर गरेर मात्रै परीक्षामा सहभागी हुनुपर्ने भन्दै पत्र पठाएको छ । केही विद्यार्थीहरुले आइतबार पत्र लिएर मन्त्रालयको ध्यानाकर्षण गराउन पुगेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *