गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण
पोखरा, ९ असोज । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखा परेको छ ।
क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखराको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माका अनुसार कास्कीका ४ र लमजुङका ४ जना छन् ।
लमजुङ जिल्लाका सबैजना contact tracing बाट पहिचान भएका हुन् भने पोखरा महानगरपालिकाका सबैजना पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखराको फिभर क्लिनिकबाट पहिचान भएका हुन ।
उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।
यो अपडेटसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ६१२ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]