देशभर थपिए १४ सय ९७ जना कोरोना संक्रमित, संक्रमितको संख्या ६९ हजार ३०१

268
Shares

काठमाडौँ, ८ असोज । पछिल्लो चौविस घण्टामा देशभर थप १४ सय ९७ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ११ हजार ४४९ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १४ सय ९७ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ५७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ५० हजार ४११  पुगेको छ ।

त्यसैगरी सून्य संक्रमित रहेका जिल्ला ७ वटा छन् भने ५ सय भन्दा बढी संक्रमित भएका जिल्ला ७ वटा छन् ।

देशभरका क्वारेनटिनमा ६ हजार ५६५जना रहेका छन् । होम क्यारेनटिनमा ९ हजार ८२३ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा ८ हजार ६१४ सय जना रहेका छन् । त्यसैगरी देशभरका अस्पतालका आइसीयूमा २३१ जना र भेन्टीलेटरमा २८ जना उपचाररत छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *