मन्दिर परिसरमा अनसनरत डा. गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारियो

188
Shares

जुम्ला, ४ असोज । बाबिरा मस्ट मन्दिर परिसरमा अनसन बसेका डा.गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल सारिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले डा केसीको स्वास्थ्य अवस्थामा खतरा भएको भन्दै शनिबार राती साढे १० बजे अस्पताल सारेको हो ।

तर, डा केसीले आफूलाई जवरजस्ती अपहरण शैलीमा अनसनस्थलबाट उठाएको भन्दै बिरोध गरेका छन् । उनले अस्पतालमा आएपनि उपचार सेवा नलिने बताएका छन् ।

प्रतिष्ठानका अस्पताल निर्देशक डा मंगल रावलले डा केसीलाई पुरानो आइसीयू वार्डमा बेड तयार उपचारको व्यवस्था मिलाइएको बताए ।

उनले डा केसीको स्वास्थ्य अवस्था निगरानी गर्न डा प्रविणकुमार गिरी, डा अनुप मंगल समालसहितको चार सदस्यीय स्वास्थ्यकर्मीकर्मीको टीम तयार गरि परिचालन गरिएको बताए ।

डा केसी विभिन्न ६ बुँदे माग अघि सार्दै गत २९ भदौ देखि आफ्नो १९ औँ अनसन शुरु गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *