गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण


पोखरा, ३० भदौ । गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखा परेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेज चितवनको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माका अनुसार ७ जिल्ला कास्कीका ३, तनहुँका ९, गोरखाका १, लमजुङका १, मनाङ १, स्याङ्जाका १२ र नवलपरासीका २० जना छन् ।

तनहुँ जिल्ला, सुक्लागण्डकी-१० का २३ बर्षीय महिला पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत छन् ।पोखरा महानगरपालिका १४ र १ का २ जना पुरुष नमुना परिक्षणको लागि सोहि अस्पतालमा आएका हुन् । पोखरा महानगरपालिकाका ३२ बर्षीय महिला सृजनाचोक, पोखरामा रहेको मेट्रोसिटी अस्पतालमा कार्यरत सफाई कर्मचारी हुन् । लमजुङ जिल्लाका १ जना ७० बर्षीय पुरुष बेशीसहरमा रहेको मोडल अस्पतालमा उपचाररत छन् । भने अन्य सबै  contact tracing बाट पहिचान भएका हुन् ।

सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

यो अपडेटसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ११२ पुगेको छ ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणले मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *