उपत्यकाका ८ सहित थप १५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३६० पुग्यो


काठमाडौँ, २९ भदौ । पछिल्लो चौबिस घण्टामा काठमाडौँ उपत्यकाका ८ सहित थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमा ५ महिला र १० जना पुरुष छन् ।

मृत्यु हुनेमा काठमाडौँको ६१ वर्षीया, गोरखाको ६३ वर्षीया, नवलपरासीको ६२ वर्षीया, पर्साको ५५ वर्षीया, कपिलवस्तुको ४७ वर्षीया महिला, मोरङका ४०र ७० वर्षीय, ललितपुरका ५५ वर्षीय, भक्तपुरका ६३ वर्षीय, रमेछापका २३ वर्षीय, कठमाडौँका ७७, ६२, ७३, ८५ र ७० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ ।

त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार १७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भने थप ८७९ जना कोरोना जितेर घर फर्किएका छन् । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *